|

  गुल्मी : गीतकार सन्तोष केसीको नयाँ लोकगीत सार्वजनिक भएको छ। गुल्मी जिल्लाको ऐतिहासिक धार्मिकस्थलको नामसँग जोडेर ‘रेसुङ्गाको भीरमा टुनी छ’ नयाँ गीत सार्वजनिक गरेका छन् । मायाँ प्रेमको कथा बस्तुमा तयार लोकगीतमा जीवनमा घटेका घटनालाई कथावस्तुमा उतारिएको छ। गायक केसीले आफ्नो गृह जिल्लामा रहेको जिल्लाकै ऐतिहासिक धार्मिकस्थललाई थप प्रचारमा पनि ल्याउने मुख्य उद्देश्यले उक्त गीत बजारमा ल्याएको बताएका छन्।

केही वर्ष पहिले धार्मिकस्थल रेसुङ्गाको नाम जोडेर गायक केसीको गीतले निकै चर्चा कमाएको थियो। लोक तथा दोहोरी विधासँगै आधुनिक विधा, भजन कृतनका गीतहरु बजारमा ल्याएर चर्चामा रहेका केसीका गीत धेरै कर्णप्रिय रहेका छन्।  बजारमा कमै गीत ल्याउने तर, निकै मार्मिक तथा दर्शक श्रोतामाझ सर्वप्रिय गीत ल्याउने गरेका छन्। माया प्रेममा घटेका घटनाहरुलाई चित्रण गर्दै उनले उक्त गीत ल्याएको बताए।

प्रेम सम्बन्ध गहिरिएपछि उनकै हुन नपाउँदा भाग्यलाई दिएको दोषलाई गीतमा मुख्य कथा बनाइएको गीतकार एवं गायक केसीले बताए। गीत सार्वजनिक भएको झन्डै २४ घण्टा नबित्दै धेरै दर्शक श्रोताबाट गीतप्रतिको मायासहितको प्रतिक्रिया पाएको उनले बताए।

हालै बजारमा आएको ‘रेसुङ्गा को भिरमा टुनी छ’ एल्बम गीत पनि धेरै दर्शक श्रोताले मन पराउने गायक केसीले बताए। गायक सन्तोष र मुनाको सुमधुर स्वर रहेको गीतमा गायक केसीकै आफ्नै लय शब्द रहेको छ। एस एस डिजिटल प्रालीले बजारमा ल्याएको उक्त गीतमा अञ्जु निरौला र रमेश केसीको अभिनय रहेको छ। गायक केसीका धेरै गीतहरु रेकर्ड भएका छन् भने विस्तारै बजारमा आउने तयारीमा रहेको बताए।

हेर्नुस् भिडियोमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.