विश्व

उत्तर कोरियासँगको सम्बन्ध सुधार्ने दक्षिण कोरियाली राष्ट्रपतिको उद्‍घोष
SHARES

बैशाख २७, २०७४

    एजेन्सी : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जेइ इनले पद तथा गोपनियताको शपथ लिएका छन्। जनतालाई राष्ट्रपतिका रुपमा पहिलो सम्बोधन गर्दै उनले उत्तर कोरियासँगको आर्थिक तथा अन्य सम्बन्ध सुधार गर्ने बताए।

    उनले उत्तर कोरिया भ्रमण गर्ने आफ्नो इच्छा समेत सार्वजनिक गरे। निर्वाचन जितेको भोलीपल्टै सिओलस्थित राष्ट्रिय संसद् भवनमा मुनले आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन्।

    मुन उत्तर कोरियाली शरणार्थीका छोरा हुन्। उनी पूर्व मानवअधिकारवादी वकिल समेत हुन्। उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्नसक्ने आशंकाबीच पछिल्ला केही साता अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै खराब स्थितिमा छ। यो अवस्थाका कारण कोरियाली प्रायद्वीपमा  निराशा छाएको छ।

    मुनले भ्रस्टाचार प्रकरणपछि विभाजित अवस्थामा रहेको दक्षिण कोरियालाई एकतावद्ध बनाउने घोषणा समेत गरेका छन्। कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि जस्तोसुकै कदम चाल्न आफु तयार रहेको उनले बताएका छन्।

    'आवश्यक परेको खण्डमा म अहिल्यै वासिङटन जान तयार छु,' उनले भने,'म बेइजिङ र टोकियो तथा पेनयोङ (उत्तर कोरियाको राजधानी) जान समेत तयार छु।'

    उनले विवादास्पद एन्टी-मिसाइल सिस्टम 'थाद'को प्रयोगका विषयमा चीन र अमेरिकासँग 'गभ्मीर छलफल' गरिने बताएका छन्। राष्ट्रपति मुनले दक्षिण जियोल्ला प्रान्तका वर्तमान गभर्नर लि नाक-योनलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। त्यस्तै सु हुनलाई नेशनल इन्टेलिजेन्स सर्भिसको प्रमुख नियुक्त गरेका छन्।

    को हुन् मुन ?

    मुनका बाबु उत्तर कोरियाबाट आएका शरणार्थी हुन्। सैनिक शासक पार्क चुङ-हीको विरोधमा भएको आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएपछि सन् १९७० मा मुन जेल परेका थिए।

    मुनले यसअघि दक्षिण कोरियाको स्पेशल फोर्समा सेवा गरेका थिए। त्यसपछि उनी मानवअधिकारवादी वकिल बने। उनी दक्षिण कोरियासँगको सम्बन्ध बलियो बनाउनुपर्ने पक्षमा छन्।

    उनी दक्षिण कोरियामा पारिवारीक रुपमा चलाइएका कम्पनीहरुमा परिमार्जन चाहन्छन्। यी कम्पनीहरुले राष्ट्रिय अर्थतन्त्रमा ठुलो प्रभाव राख्ने गरेका छन्। यसअघि उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरियाली सरकारले लिँदै आएको संकिर्ण सोचको विरोधमा थिए, मुन।

    उत्तर कोरियाले गरेको हतियारको विकास रोक्न नसकेपछि दक्षिण कोरिया सधैँ पेनयोङप्रति अनुदाहार रहँदै आएको थियो। सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि उत्तर र दक्षिण कोरियाका सर्वोच्च नेताहरुले २ पटकमात्रै भेट गरेका छन्। उत्तरको राजधानी पेनयोङमै भएको सम्मेलनमा नेताहरुको भेट भएको थियो। सन् २००७ मा राष्ट्रपतिको सल्लाहकार छँदा मुनले दुई देशका नेताबीच भेटका लागि तयारी गरेका थिए। तर पूरा हुन सकेन।

    अमेरिका र दक्षिण कोरियाको सबैभन्दा ठुलो गठबन्धन हो।  मुनको विजयपछि अमेरिकाले बधाई दिइसकेको छ। व्हाइटहाउसका प्रवक्ता सियन स्पाइसरले मुनको विजयपछि दक्षिण  कोरिया र आफ्नो सहयोग र सम्बन्ध बलियो हुने विश्वास गरेका छन्। मैत्रिपूर्ण र साझेदारीको सम्बन्धमा मुनको कार्यकाल महत्वपूर्ण साबित हुने व्हाइटहाउसको विश्‍वास छ।

    जापानी प्रधानमन्त्री सिन्जो अबे आफ्नो देश र दक्षिण कोरियाले उस्तै चुनौतीहरु सामना गरिरहेको बताउँछन्। उत्तर कोरियाका कारण दुई देशले उस्तै चुनौतीहरु सामना गर्नुपरेको अबेको धारणा छ। उनले मुनको जीतपछि दुई देशले यस क्षेत्रमा शान्ति र समृद्धी स्थापनाका लागि एकजुट भएर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

    चीनका राष्ट्रपति सी जिनपिङले दक्षिण कोरियासँगको सम्बन्धलाई चीनले सधैं प्राथमिकतामा राखेको बताएका छन्। उनले आपसी हितका विषयमा दुई देश मिलेर अघि बढ्नका लागि चीन सधैं तयार रहेको बताएका छन्।

    दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा मंगलबार मुनले ४१ दशमलव १ प्रतिशत मत ल्याउँदा कन्जरभेटिभका उम्मेदवार होङ जोन प्यो २५ दशमलव ५ प्रतिशत मतमा सीमित भए। सेन्ट्रिस्ट अहन चियोल सो २१ दशमलव ४ प्रतिशत मतका साथ तेस्रो स्थानमा आए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]