|

नवलपरासीः नवलपरसीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु गएको छ। ३ जना घाइते भएका छन्। बुधबार जिल्लाको मध्यविन्दु नगरपालिका  ७  चोरमारा–कोल्हुवा भित्री सडक खण्डमा ना ३ ख १२०७ नम्बरको ट्रिपरले ना ४४ प ३००० नम्बको स्कुटीलाई ठक्कर दिँदा  स्कृटीमा सवार रुपन्देहीको खैरहनी बस्ने ७४ वर्षकी तुलसा भुर्तेलको मृत्यु भएको प्रहरी चौकी तम्सरीयाले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाइते  भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।  स्कुटी चालक मध्यविन्दु ७ बस्ने ४४ वर्षका छविलाल भुर्तेल घाइते भएका छन्। उनका प्राथमिक स्वास्थ्य केन्द्र चोरामारामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, जिल्लाको मध्यविन्दु  नगरपालिका ११ चोरमारा र अरुणखोलाबीच जंगलमा बुधबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ९१७० नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १४२५ नम्बरको ट्रक एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन्।

घाइते हुनेमा बोलेरो चालक चितवन बकुलहर घर भएका ४० वर्षका  केशर विक र  ट्रक चालक रुपन्देही भैरहवा निवासी ३२  वर्षको आशीष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.