|

 रुपन्देही : पहिलो चरणको निर्वाचनका लागि रुपन्देहीबाट ४ सय प्रहरी अन्यत्र पठाइएको छ। सात जना प्रहरी निरीक्षकसहित ४ सय जना प्रहरी प्रदेश नम्बर ३, ४ र ६ मा खटिएको रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

प्रहरी अन्यत्र खटिएपछि प्रहरीले गर्ने काममा म्यादी प्रहरीलाई खटाइएको छ। ट्राफिक नियम पालना गराउनेदेखि चोकचोकको सुरक्षाका लागि म्यादी प्रहरी खटिएका प्रवक्ता पाण्डेले बताए।

प्रदेश नम्बर पाँचमा जेठ ३१ मा निर्वाचन हुने भएपछि फुर्सद पाएका २ हजार ७२ जना म्यादी प्रहरीलाई सुरक्षाका काममा लगाइएको उनले बताए। बुटवल उपमहानगरपालिकामा मात्रै सात सय जना म्यादी प्रहरी खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए।

म्यादी प्रहरीलाई बसोबासका लागि पर्याप्त ब्यारेक नभएकाले घरपायक मिलाएको प्रवक्ता पाण्डेले बताए। ‘हरेक म्यादी प्रहरीले आठ घण्टा ड्युटी गर्नुपर्छ, उनले भने–सोहीअनुसारले पालैपालो २४ सै घण्टा खटिने गरी उनीहरुको घरपायक मिलाइएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.