|

काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिका वडा नं. १२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य*का उम्मेदवार सुकुमान तामाङ विहीवार विहान मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी नवीनराज राईका अनुसार बेलुका सामान्य अवस्थामा सुतेका तामाङलाई विहान उठ्दा आफन्तले मृत अवस्थामा फेला पारेका हुन्। ‘तामाङको कालगतिले नै मृत्यु भएको भन्ने छ' राईले भने।

राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाले तामाङको कालगतिले नै मृत्यु भएको परिवारले जनाएको बताएका छन्। तामाङ राप्रपाको क्षेत्रीय सदस्य र स्थानीय तह निर्वाचनका लागि राप्रपाको तर्फबाट धुलिखेल नगरपालिका वडा नं. १२ का वडा सदस्यका उम्मेदवार हुन्।

 

*यसअघि वडाअध्यक्ष भएकाले सच्याएका छौं।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.