|

 गुल्मी : गुल्मीमा म्यादी प्रहरीले गस्ती सुरु गरेको छ। म्यादी प्रहरीको पोसाकसहित हातमा लठ्ठी दिएर जिल्लाका विभिन्न स्थानमा उनीहरुले नेपाल प्रहरीले जस्तै गस्ती गर्दै आएका छन्। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३१ गतेलाई सारेर जेठ ३१ मा सारेसगै उनीहरुलाई गस्तीमा खटाइएको हो। झण्डै एक महिनाको तालिम सकेर उनीहरु नेपाल प्रहरीसँगै जिल्लाका विभिन्न स्थानमा शान्तिसुरक्षा दिन गस्ती गर्न थालेका छन्।

जिल्लामा रहेका २३ वटा प्रहरी युनिटबाट ८ सय २० जना म्यादी प्रहरीले प्रहरीसँगै रहेर गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। हालै अन्य काम नहुँदा म्यादीलाई शान्तिसुरक्षासँगै सामाजिक कामको जिम्मेवारी दिइएको हो। सरकारले ५५ दिनलाई भनेर म्यादी प्रहरीमा भर्ना गरे पनि चुनाव सरेपछि थप एक महिना उनीहरुको समय लम्बिएको छ।

चुनाव सरेको क्षेत्रमा अब म्यादी प्रहरीले झन्डै ९० दिन काम गर्नेछन्।  चुनाव सरेपछि उनीहरुलाई काम दिनका लागि बजारसँगै ग्रामीण क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.