|

गोरखा : जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकामा आजदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ। २ सय १३ मतदानस्थलका २ सय ६० केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

जिल्लाको सबै मतदान केन्द्रमा बुधबार नै अधिकृत तथा कर्मचारीहरु पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  सबै मतदान केन्द्रहरुमा मतपत्र, मत-पेटिका र आवश्यक कर्मचारी सुरक्षाको व्यवस्था  मिलाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

जिल्लामा गोरखा नगरपालिका, पालुंटार नगरपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, शहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन गाउँपालिका गरी ११ वटा स्थानीय तह छन्।

गाउँका मानिसहरु मतदान परिचयपत्र लिनका लागि हौसिएर आएको आरुघाट गाउँपालिका दरबार मावि मतदान केन्द्रमा खटिएका कर्मचारी दिपक विकले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.