|

लमजुङ : मध्यनेपाल नगरपालिका वडा नम्वर २ सोतीपसलमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बिहीबार दिउँसो दुई बजेको समयमा एमाले-माओवादीको चुनाव प्रचारमा प्रयोग गरिएको ना. ३ च ८६१७ नम्बरको जीप दुर्घटना भएको हो।

सोतीपलस्थित आर्युर्वेद कार्यालय नजिकै घुम्तीमा जिप पल्टिएको घटनास्थल पुग्नुभएका प्रवेश घिमिरेले जानकारी दिए। दुर्घटनामा घाइते भएका प्रेम दुरा लगायतका ६ जनालाई एम्बुलेन्स मार्फत दमौली लगिएको छ। घाइतेहरुमध्ये केहीको अबस्था गम्भीर रहेको बताइएको छ।

एमाले-माओवादीको संयुक्त प्रचार टोली भोर्लेटरबाट जितातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी पुग्दैछ। जिप चालक फरार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.