|

लमजुङ : लमजुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। विहीबार दिउँसो दुई बजे एमाले र माओवादीको चुनाव प्रचारमा प्रयोग गरिएको ना ३ च ८६१७ नम्बरको जीप दुर्घटना भएको हो।

सोतीपलस्थित आर्युर्वेद कार्यालय नजिकै घुम्तीमा जीप पल्टिएको घटनास्थल पुगेका प्रवेश घिमिरेले जानकारी दिए। दुर्घटनामा घाइते भएका प्रेम दुरा लगायतका ६ जनालाई एम्बुलेन्स मार्फत दमौली लगिएको छ। घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर छ।

एमाले माओवादी केन्द्रको संयुक्त प्रचार टोली भोर्लेटरबाट जितातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी पुग्दैछ। जीप चालक फरार भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.