|

गोरखा: जिल्लाको अजिरकोट गाउँपालिका– १ घ्याच्चोकमा सडक खन्दै गर्दा पहाडको ढिस्को खसेर एक्साभेटर पुरिँदा चालक घाइते भएका छन्। 

दिउँसो एक बजे ढिस्को खस्दा चालक धादिङ स्याबुङ– ६ का ३६ वर्षका तेन्जिङ तामाङ घाइते भएका हुन्। अकस्मात् खसेको पहिरोले चालक तामाङ पुरिएका थिए। निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले उनलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.