अर्थ

मोरङ व्यापार संघमा सांसद सारडा पुन निर्वाचित, ल्याए १८ बुँदे प्रतिवद्धता
SHARES

बैशाख २८, २०७४

    विराटनगर : मोरङ व्यापार संघको ३१ औं कार्यसमितिको अध्यक्षमा पुनः पवनकुमार सारडा निर्वाचित  भएका छन्। निर्वाचित भएलगत्तै सारडाले १८ बुँदे आफ्नो कार्यसमितिका प्राथमिकता तथा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सारडा फोरम लोकतान्त्रिकका तर्फबाट सांसद छन्। सारडा यसअघिको कार्यकालमा पनि मोरङ व्यापार संघका अध्यक्ष थिए। वैशाख २४ गते भएको कार्यसमिति चयनमा सारडा प्यानल बिजयी भएसँगै अध्यक्ष सारडा नै हुने चर्चा थियो।

    बिहीबार बसेको कार्यसमितिको पूर्ण बैठकले पदाधिकारी चयन गरेको हो। यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, उपाध्यक्षहरु सुशीलकुमार जोशी (वाणिज्य क्षेत्र) र सुनिल टिवडेवाला (उद्योग क्षेत्र) चयन भएका छन्। यस्तै महासचिवमा नवीन रिजाल, सचिवमा अनिलकुमार साह र प्रवक्तामा विकासकुमार बेगवानी सर्वसम्मतिले चयन भएको मोरङ व्यापार संघका कार्यकारी सचिव राधारमण भण्डारी (श्याम) ले जानकारी दिए।

    समितिका अन्य सदस्यहरुमा अनुपम राठी, अखिल सारडा, दिपेश सुवेदी, पवन राठी, देवाशिष गोल्छा, ललित बोहरा, मुकेश कुमार राठी, पियुष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार बिड्ला र ओमप्रकाश श्रेष्ठ रहेका छन्। नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखिनै आफ्नो पदभार ग्रहण गरेका छन्।

    अध्यक्षका १८ प्रतिवद्धता

    यसैबीच नयाँ कार्यसमिति चयन भएर अध्यक्षमा सर्वसम्मत चयन भएका मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले १८ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहणपछि बिहीबार पत्रकार तथा कार्यसमिति माझ सारडाले आफ्ना विभिन्न १८ बुँदे प्रतिवद्धता व्यक्त गरे। प्रतिवद्धतामा विराटनगर उपमहानगरपालिका बनाउन पहल गर्ने, छुट्टै औद्योगिक करिडोरका लागि पहल गर्ने, प्रदर्शनी कक्ष निर्माणमा पहल गर्ने, विशेष आर्थिक क्षेत्र, रिङरोड, एकीकृत भन्सार निर्माण समयमै सम्पन्न गराउन पहल गर्ने रहेको छ।

    यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन सहयोग गर्ने, उर्जामा थप सुधारको पहल गर्ने, सरकारले जारी गरेको एक गाउँ एक उत्पादन अन्तर्गत माछा उत्पादन कार्यक्रम छनोट भए पनि अन्य थप कृषिजन्य वस्तुको पहिचान गरी एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग पहल गर्ने, राजस्व, कर तथा आर्थिक एवं श्रम, कानुन आदि क्षेत्रका विशेषज्ञहरुसँग समन्वय गरी परामर्श सेवा दिने लगायतका छन्।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]