|

धादिङः धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा नेपाली कांग्रेसले निकालेको र्‍यालीमा सहभागी बोकेको ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ।  

त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपोखरी घर भएका रमेश श्रेष्ठले चलाएको  ग१३प ३०६० नम्बरको स्कुटीलाई बा३ख ३५५९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक श्रेष्ठको घटनास्थलमै ज्यान गएको सल्यानटार प्रहरी चौकीले जनाएको छ। 

ट्रकको ठक्करबाट स्कुटीमा सवार श्रेष्ठकी श्रीमती सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छन्। घाइते श्रेष्ठको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको खोजी भइरहेको छ। 

नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिकाको चुनाव प्रचारका लागि बिहीबार गाउँपालिकास्तरीय ¥याली निकालिएको र सोही र्‍यालीमा सहभागीहरूलाई लिएर सल्यानटारतर्फ गइरहेको ट्रक साँझ ६ बजेतिर साविकको सल्यानटार गाविसको खकुराल डिहीमा आइपुग्दा दुर्घटना भएको हो। दुर्घटनामा परी अन्य एक जना पनि घाइते भएको स्थानीयले बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.