|

उदयपुर : सिन्धुलीको दुधौलीमा वैैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा भोट माग्नका लागि आजकल प्रदेश नम्बर १ अन्तर्गत पर्ने उदयपुरको कटारीबाट ठुलो संख्यामा विभिन्‍न पार्टीका कार्यकर्ता आउने गरेका छन्। 

तावा र कमला खोलापारी निर्वाचनमय भएका बेला वारी कटारी नगरपालिका सर्वसाधरण दैनिक रुपमा आप्mनो पार्टीका उम्मेदवारलाई भोट माग्ने घर दैलौ कार्यक्रममा सहभागी हुने गरेका हुन्। 

राजनीतिक तथा सामाजिक रुपमा दुधौली र कटारीको निकटको सम्बन्ध भएकाले निर्वाचनमा सहभागी हुन कटारीबाट दुधौली पुग्‍ने गरेको कटारीका स्थानीय मेघबहादुर कार्कीले बताए।

‘खोलापारी दुधौलीमा चुनाव लागेको छ,’ माओवादी कार्यकर्ता मेघबहादुर कार्कीले भने,‘पारी पुगेर नेकपा माओवादी केन्द्रलाई भोट माग्नलाई त्यहाँबाट साथीहरुले बोलाउने गरेका छन्।’

यसरी कटारीबाट दुधौली भोट माग्ने कार्की मात्र नभएर नेकपा एमाले, नेपाली काङग्रेस लगायतका राजनीतिक पार्टीका सर्मथक र पार्टी कार्यकर्ता अहिले दैनिक रुपमा धाउने गरेका छन्। दुधौलीको निर्वाचनको जितले कटारीमा समेत प्रभाव पर्ने हुँदा कटारीबाट दुधौली आउने गरेको दुधौली नगरपालिका स्थानीय रविन्द्र भट्टराईले बताए।

‘दुई चरणमा निर्वाचन परेकाले कटारीबाट आउनु र दुधौलीबाट कटारी जानु कुनै नौलो कुरा होईन,’ उनले भने । ‘कटारीबाट काङग्रेस, एमाले र माओवादी केन्द्र सबैका कार्यकर्ताका आफन्त नरनाता मार्फत पुग्ने गरेका छन,’ कटारीका स्थानीय गणेश कटुवालले भने। 

दुधौली नपाको १४ वटै वडाहरुमा सबै राजनीतिक दलले घरदैलो कार्यक्रम गरिसकेका छन्। निर्वाचनका लागि दुधौलीको प्रमुखमा कांग्रेसबाट गंगा दाहाल, एमालेबाट घनश्याम राउत, माओवादी केन्द्रबाट दिनेश अधिकारी, राप्रपाबाट निर्पराज भट्टराई लक्ष्मण, संघीय समाजवादी फोरमबाट टिकासिंह तामाङ, परिवार दलबाट रुक्मिणी कोइराला र स्वतन्त्रमा मातृका प्रसाद भट्टराई उम्मेदवार छन्। 

दुधौली नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य समेत गरेर जम्मा २ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ ३६ हजार २ सय ४६ मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.