|

कपिलवस्तु : २५६१ औ बुद्ध जयन्तीका अवसरमा प्राचिन घटनाको झल्को दिने गरी बिहीबार शिशु बुद्धलाई धुमधामसँग कपिलवस्तुमा भित्राइएको छ। शिशु बुद्धलाई लुम्बिनी–प्राचिन कपिलवस्तु रथ यात्राबाट बाजागाजासहित भित्र्याइएको हो।

लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिन शिशु बुद्धलाई राखेर २६ किलोमिटर रथ यात्रा निकालेको हो। यस्तो रथ यात्रा ३ वर्ष अघिदेखि भएको थियो।

शिशु बुद्धलाई बुद्धको क्रिडा स्थल तिलौराकोट लगेर बृहत कार्यक्रमबीच स्वागत गरियो। रथलाई नव दुलही जस्तो आकर्षक रुपमा सजाएर धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गराइयो। राजकुमार सिद्धार्थ जन्मिए पछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किदाको २६ सय वर्ष अघिको क्षण यसपालीको बुद्ध जयन्तिमा पनि जिल्लाबासीले अनुभुती गर्न पाएको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताए।
बौद्ध ग्रन्थमा लेखिए अनुसार मायादेवीले गर्भवती भएपछि दशौं महिनामा माईत देवदह जाने ईच्छा गरेकी थिईन्। रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभन गर्न नपाउंदै शारिरीक स्वभावमा परिवर्तनसँगै शालको वृक्ष समातेर उनले राजकुमार सिद्धार्थलाई जन्म दिइन्।

यो खबरले तिलौराकोट, कपिलवस्तु शहर र देवदहमा हर्सोल्लास भएको थियो र सिंगो कपिलवस्तु शहर सिंगारेर चिटिक्क पारिएको थियो। सुत्केरी मायादेबी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएका थिए। त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसायालीमा घरघरबाट स्वागत गरेका थिए। सिंगो कपिलवस्तरमा खुसीयाली छाएको संझनामा अहिले शिशु बुद्धको मुर्ति बनाएर रथयात्रा निकालिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.