|

गोरखा : गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ। 

बिहीबार अपराह्न सडक खन्ने क्रममा अकस्मात पहिरो खसेपछि स्काभेटरसहित चालक तामाङ पहिरोमा पुरिएका थिए। धनसिरा माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका मतदान अधिकृत उज्ज्वल गिरी, प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट, सशस्त्र प्रहरी र स्थानीयवासीले चालक तामाङलाई उद्धार गरेका हुन्। 

“पहिरोले आधा शरीर पुरिएका चालक तामाङलाई हामीले सकुशल उद्धार गर्‍यौँ”, मतदान अधिकृत गिरीले भने, 'गोडा, घुँडालगायत ठाउँमा चोट लागेका तामाङलाई मतदानस्थलमै प्राथमिक उपचार गरिएको छ।' चालक तामाङको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.