|

काठमाडाै‌ं: चीनसँग नेपालले गर्ने भनेको ‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा आज शुक्रबार औपचारिक हस्ताक्षर भएको छ। पराराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होंगले ओबिओआरपत्रमा हस्ताक्षर गरेका छन्। 

परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताएका छन्। ओबिआर हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, 'यो सम्झौता हाम्रा लागि महत्वपूर्ण छ। छिट्टै यसमा लगानी होस् भन्ने चाहन्छौं।’ परराष्ट्र मन्त्रीले अगाडि भने, 'नेपाललाई  धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको छ।' उनले नेपाल र चीनबीच भएको योे समझदारीबाट नेपाललाई फाइदा पुग्‍ने विश्वास व्यक्त गरेका थिए।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो।
चीन भ्रमणमा गएका बेला प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बताएका थिए। प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो। चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मै यो अवधारणा अघि सारेका भए पनि नेपालले त्यसमा सम्झौता गर्न तीन वर्ष बढीको समय लागेको छ।

अफ्रिका र दक्षिण एसियाका ६० मुलुक संलग्न रहेको वानवेल्ट वान रोड अवधारणामा चीनले  निकै महत्वका साथ नेपाललाई जोड्न खोजेको थियो। तर, दक्षिणी मुलुक भारतले यो अवधारणामा हस्ताक्षर नगरेका कारण नेपालले के गर्छ भनेर चासोसाथ हेरिएको थियो। शुक्रबार औपचारिक हिसाबले दुई देशको हस्ताक्षर भएसँगै यो आशंका तोडिएको छ।  सम्झौतापछि चीनले अगाडि बढाएको वान बेल्ट वान रोड नीतिमा नेपाल औपचारिक हिसाबले सदस्य बनेको छ।

परराष्ट्रमन्त्रीस्तरमै यो सम्झौता गर्ने भनिए पनि समय कम भएकाले सचिवस्तरमा गरिएको हो।  विश्वव्यापारसँग सवै माध्यमबाट जोडिने चीनको यो महत्वाकांक्षी परियोजना नेपालजस्ता विकासोन्मुख देशमा सडक, विद्युत्, रेलमार्ग तथा विमानस्थलहरुमा व्यापक लगानी गर्ने नीतिमा आधारित छ। 
उपप्रधानमन्त्री  महरा आजै चीन जाने

ओबिओआर सम्झौतामा हस्ताक्षर गरेपछि उक्त सम्झौताको प्रलितिपिसहित एक टोली लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आजै चीन जाने भएका छन्। मन्त्री महरा ओबिओआर शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। 

महराले चीनमा रहँदा ओबिओआर सदस्य राष्ट्र नेपालको तर्फबाट सहभागिता जनाउनुका साथै चिनियाँ उपप्रधानमन्त्री वांगयानसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ। पर्सि आइतबार र सोमबार चीनले आयोजना गर्न लागेको वेल्ट एन्ड रोड कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री महराका साथै सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखक चीन भ्रमणमा जान लागेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.