|

गोरखा : गोरखाका विभिन्न स्थानीय तहका ६८ मतदान केन्द्र अति संवेदनशील रहेको प्रशासनले जनाएको छ। दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा ६८ वटा मतदान केन्द्रहरु सुरक्षा लगायत विभिन्न कारणले अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

जिल्ला सुरक्षा समितिले जिल्लाका ११ स्थानीय तहलाई निर्वाचन केन्द्रित गर्दै सुरक्षाका हिसाबले तीनभागमा विभाजन गरेर सुरक्षा ब्यवस्था मिलाएको छ। ६८ वटा मतदान केन्द्र अति संवेदशील, एकसय ३३ वटा मतदान केन्द्र संवेदनशील र १२ वटा मतदान केन्द्र भने सुरक्षाका हिसावले सामान्य रहेको प्रजिअ बस्नेतले बताए। ‘चुनावी गतिविधि विरोधी पार्टी विप्लव नेतृत्वको माओवादी,  दलीय द्वन्द्व, भौगोलिक विकटता र विगतका हिंसात्मक घटनाका कारण जिल्लाका ६८ केन्द्र अति संवेदनशील छन्’ बस्नेतले भने।

प्रजिअ बस्नेतले जिल्लाको वस्तुस्थिति अध्ययन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सबै मतदान केन्द्रहरुमा परिचालन गरिएको बस्नेतले बताए। त्यस्तै राष्ट्रिय अनुसन्धानबाट पनि गुप्तचरहरु परिचालन गरिएको छ। सादा पोसाकमा प्रहरीहरु पनि उत्तिकै परिचालन गरिएको छ। गोरखामा २१३ मतदान स्थल र २६० मतदान केन्द्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.