|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्ड र श्रीलंकाको पाँचदिने औपचारिक भ्रमणका लागि बै‌ंकक प्रस्थान गरेकी छिन्। उनी श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेनाको निमन्त्रणामा औपचारिक भ्रमणका थाइल्याण्ड हुँदै  त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतले विदाइ गरे। राष्ट्रपति भण्डारीले थाइल्याण्डका राजासँग बैंककमा भेटवार्ता गर्ने तय भएको छ।

थाइल्याण्डमा राष्ट्रपतिले बैंककको ग्र्याण्ड प्यालेसमा राखिएको स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। 

थाइल्याण्ड प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारी, हेर्नुस् फोटो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.