|

​काठमाडौं : चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले आफ्नो चर्चित गीत 'हामी नेपाली'को म्युजिक भिडियो सार्वजनिक गरेको छ। भिडियोलाई विशेष बनाउन 'डबल एक्सपोजर इफेक्ट' प्रयोग गरिएको छ।

दर्शकहरुलाई विविधतायुक्त आम नेपाली गतिविधिको झल्को दिन डबल एक्सपोजर इफेक्ट प्रयोग गरिएको नेपथ्यले जानकारी दिएको छ। यस भिडियोको निर्देशन शशंका श्रेष्ठले गरेका छन्। इशान श्रेष्ठ र संजय प्रजापतिले भिजुयल इफेक्टको प्रयोग गरेका छन्। रकी प्रजापति र किरित राजभण्डारीले भिडियो छायाँकन गरेका हुन्। यस गीतका रचनाकार रविन्द्र मिश्र हुन्। गीतमा ब्यान्डका मुख्य भोकलिस्ट अमृत गुरुङको स्वर छ। उनलाई ब्यान्डका अन्य सदस्यले साथ दिएका छन्। 

हेर्नुस् भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.