|

लमजुङ : चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह रहेको लमजुङमा धमाधम मतदाता परिचय पत्र वितरण भइरहेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदातालाई विभिन्न मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिएको हो।

जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता छन्। १ सय ५५ मतदान केन्द्रबाट उनीहरुले मतदान गर्न सक्नेछन्। वैशाख २८ गतेदेखि सुरु भएको मतदाता परचियपत्र वितरण कार्य शनिबार साँझ ७:३० बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ।

लमजुङको बेसीशहर नगरपालिकामा कुल २१ हजार ३ सय ४७ मतदाता रहेका छन्। जसमा महिला मतदाताको संख्या ११ हजार ३ सय ७५ र पुरुष मतदाताको संख्या ९ हजार ९ सय ७२ रहेको छ। वेसीशहरमा २९ मतदान केन्द्र छन्।

सुन्दरबजार नगरपालिकामा ८ हजार ९ सय ५७ महिला र ७ हजार ८ सय ९२ पुरुष मतदाता  गरी कुल १६ हजार ८ सय ४९ मतदाता रहेका छन्। सुन्दरबजार नगरपालिकामा २३ मतदान केन्द्र रहेका छन्।

यसैगरी, मध्यनेपाल नगरपालिकामा ८ हजार ४ सय ७१ महिला र ७ हजार ७ सय ७६ पुरुष गरी जम्मा १६ हजार २ सय ४७ मतदाता रहेका छन्। मध्यनेपाल नगरपालिकामा २३ मतदान केन्द्र रहेका छन्।

राईनास नगरपालिकामा भने महिला मतदाता संख्या ६ हजार ७ सय ३ रहेको छ। पुरुष मतदाताको संख्या ६ हजार ९६ रहेको छ। यहाँ जम्मा १२ हजार ७ सय ९९ मतदाता संख्या रहेको छ। १८ वटा मतदान केन्द्रं रहेको छ।

यसैगरी, क्व्होलासोँथर गाउँपालिकामा ३ हजार७ सय ६५ महिला मतदाता रहेका छन्। पुरुष मतदाता संख्या भने ३ हजार ३ सय २२ रहेको छ। यहाँ जम्मा ७ हजार ८७ मतदाता संख्या रहेको छ। ११ वटा मतदान केन्द्र रहेका छन्।

दूधपोखरी गाउँपालिकामा ३ हजार ६ सय ८२ महिला, ३ हजार ७ सय ६ पुरुष मतदाता गरी कुल ७ हजार ३ सय ८८ मतदाता रहेका छन्। ११ वटा मतदान केन्द्र रहेका छन्।

दोर्दी गाउँपालिकामा ६ हजार ८३ महिला मतदाता छन्। पुरुष मतदाताको संख्या  ५ हजार ८ सय ७६ छ। यहाँ कुल मतदाता संख्या ११ हजार ९ सय ५९ रहेको छ। मतदान केन्द्र भने १८ रहेको छ।

मस्र्याङ्दी गाउँपालिकामा ६ हजार २ सय २९ महिला, ६ हजार ८७ पुरुष मतदाता गरी कुल १२ हजार ३ सय १६ मतदाता रहेका छन्। यहाँ २२ केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी तुल्सीप्रसाद तिमिल्सनाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.