स्वास्थ्य

नोबेलको सफल शल्यक्रिया : २० किलो ट्युमरबाट पीडितले  पाए मुक्ति
SHARES

बैशाख २९, २०७४

    विराटनगर : सुन्दै आङ सिरिङ्ग हुने २० केजीको ट्युमर टाउको पछाडीको भागदेखि कम्मरसम्म फैलिएको थियो। दिनदिनै ट्युमर बढेपछि सुत्नदेखि हिंडडुल गर्न समेत समस्या पर्‍यो। विगत चार वर्षदेखि निरन्तर यस्तो समस्यासँग जुध्दै आएका सुनसरी दुहबी-१ का ५० वर्षीय मोहमद स्ताक मियाँ २५ वैशाखमा रोगको उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना भए।

    मंगलबार उनको शल्यक्रिया भयो। अहिले उनको अवस्था फेरिएको छ। उनी सामान्य जीवनमा फर्किएका छन्।

    विरलै सफल हुने यस्तो शल्यक्रिया हस्पिटलका न्यूरो सर्जन डाक्टर आइप चेरियनसहितको टोलीले सफलता पूर्वक गरेको हो। मियाँको शल्यक्रिया सफल भएपछि शुक्रबार हस्पिटलले पत्रकार सम्मेलन आयोजना गरेको थियो, जहाँ मियाँले आफ्ना मनका कुरा राखे।

    उनले शल्यक्रियापछि नयाँ जीवन पाएको बताए। शल्यक्रिया गरेर मियाँलाई सामान्य जीवनमा फर्काउने डा. आइप चेरियनले अबको १-२ दिनमै हस्पिटलबाट मियाँ डिस्चार्ज हुने जानकारी दिए। 'स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। सुधार आइसकेको हुनाले अब १-२ दिनमै डिस्चार्ज हुन्छ,' उनले भने,'ट्युमरको चाँडै उपचार नगरे क्यान्सरसमेत हुन सक्छ। त्यसैले ट्युमरको लक्षण देखापर्ने बित्तिकै उपचार गर्नुपर्छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]