|

इस्लामावाद : आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ। घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए। घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएको बताइएको छ।

उनी चढेको कार भने जलेर नष्ट भएको छ। बिस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले  विस्फोटको निन्दा गरेका छन्।

उनले विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।  प्रधानमन्त्रीले घाइते सबै जनाको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिएका छन्। घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.