मनोरञ्जन

रेनिशाको निर्देशनमा 'इन्टु मिन्टू लण्डनमा', साम्राज्ञी लिड रोलमा
SHARES

बैशाख २९, २०७४

    काठमाडौं : फिल्म क्षेत्रमा सफल नृत्य निर्देशकको छवि बनाएकी रेनिशा बान्तवा राईले 'इन्टु मिन्टू लण्डनमा' मार्फत फिल्म निर्देशन मा डेब्यु गर्ने भएकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरियो।

    साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहने फिल्ममा नवनायक धिरज मगर, विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाँई लगायतका कलाकारहरुको अभिनय रहनेछ।

    'जसरी नृत्य निर्देशनमा मलाई आम दर्शकले मन पराउनु भएको छ। त्यसरी नै मलाई फिल्म निर्देशनमा पनि माया गर्नुहुन्छ भन्‍ने लागेको छ,' रेनिशाले भनिन् 'म दर्शकको विश्वासलाई मर्न दिन्‍न।'

    यस फिल्मको कथा रेनेशा र प्रज्जवल शम्सेर जबराले संयुक्त रुपमा लेखेका हुन्। फिल्ममा प्रभु शमशेर जबरा र प्रज्जवल शम्सेर जबराको लगानी रहने छ।

    'इन्टु मिन्टु लण्डनमा' को स्क्रिप्ट निकै मनपरेका कारण फिल्ममा काम गर्न लागेको साम्राज्ञीले बताइन्। 'ए मेरो हजुर २' को गीतको भिडियोमा रेनेशाको मेहनत देखेर म एकदमै प्रभावित भए। उहाँको कोरियोग्राफी जति राम्रो छ र जति मेहनत गर्नुहुन्छ त्यो भन्दा पनि फिल्ममा धेरै मेहनत र राम्रो काम गर्नु हुन्छ भन्नेमा म ढुक्क छु र काम गर्ने तयार भएको छु,' उनले भनिन्। 

    जुन १६ देखि अगष्ट ७ सम्म नेपाल तथा युरोपका विभिन्‍न लोकेशनमा फिल्मको सुटिङ हुदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]