|

धादिङ : धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार रहेका रणबहादुर तामाङका छोरा छिरिङ पेस्तोलसहित पक्राउ परेका छन्।

पक्राउ पर्ने छिरिङ कांग्रेसका समानुपातिक सांसद दिलमान पाख्रिनका भान्जा हुन्।

साविकको सत्यदेवी गाविस क्षेत्रमा बिहीबार राति हवाइफायर गर्दै हिडेको समूहलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको जनाएको छ। उनीसँगै सांसद दिलमान पाख्रिनका भाइ कुमार पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट पेस्तोलसहित त्यसको तीन गोली र दुई खुकुरीसमेत बरामद गरिएको धादिङ प्रहरीले जनाएको छ। 

प्रहीले नियन्त्रणमा लिएर उनीहरुलाई खनियाबासको बछला माविमा राखेको छ।

सो समूहले मतदानलाई प्रभावित बनाउने योजना बनाएको प्रहरीको अनुमान छ। निजहरुलाई छुटाउन कांग्रेसका उच्चस्तरका नेताहरु दबाब दिएको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.