|

नवलपरासी  स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका शनिबार बिहानदेखि बन्द (सिल) गरिएको छ। निर्वाचन सुरु हुनुभन्दा २४ घण्टाअघि नवलपरासीको त्रिवेणी नाका शनिबार बिहान ७ बजे बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। 

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका बिहारमा भएको दुईपक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । 
पहिलो चरणमा नवलपरासीका केही भागमा मात्र निर्वाचन हुँदैछ। त्यसैले प्रदेश नं.– ४ मा पर्ने नाका त्रिवेणी नाकामात्र बन्द गरिएको हो। 

नेपाली सेनासहित दुई हजार सात सय सुरक्षाकर्मी 

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन्। पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नं.– ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका छन्। 

जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। पहिलो चरणमा नवलपरासीको प्रदेश नं.– ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ। तीन गाउँपालिका पहाडी क्षेत्रमा पर्छन् भने चार नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.