|

मलेखु : स्थानीय तह निर्वाचनको मौनअवधिमा प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गरेको जाँचको क्रममा धादिङमा ६ जना पक्राउ परेका छन्।

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा शुक्रबार राति प्रहरीले गरेको जाँचका क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ परेका हुन्। 

उनीहरूको साथबाट बा७७प १९६२ नं को मोटरसाइकल ४१ हजार ७ सय रुपैयाँ बरामद गरिएको गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले बताए ।

यसैगरी त्रिपुरा सुन्दरी गाउँपालिका–१ सल्यानटारबाट चार जनालाई पक्राउ गरेको छ। तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम शनिबार बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ। सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेसीमा राखिएको सिलिण्डर बम र महादेवबेसी नजिकै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.