|
photo : Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्बित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिएका छन्।

ट्रम्पले ट्वीटर मार्फत कोमीलाई पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भनेका हुन्। ट्रम्पले निलम्बनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उहाँ पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन भनेका हुन्।

कोमीलाई निलम्वन गरेकोमा ट्रम्पको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचनात्मक प्रतिक्रियाप्रति आएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा पनि गरेका छन्। कोमीलाई यसैहप्ताको सुरुमा पदबाट बर्खास्त गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.