|

गोरखा :  जिल्लाको २ सय ६० मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन्। भोलि आइतबार निर्वाचनका लागि सदरमुकामको द वल्ड क्यापिटल मतदात केन्द्रमा जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिइएको हो। गोरखा नगरपालिका–८ को वल्ड क्यापिटल केन्द्रमा मतदान अधिकृत, सुरक्षाकर्मीहरु, केन्द्रका कर्मचारीहरु,  सबै महिला मात्र खटिएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए। 

नमुना मतदान केन्द्रको रुपमा यो मतदान केन्द्रलाई महिलालाई मात्र जिम्मा दिइएको पोखरेलले बताए।  मतदान अधिकृतमा महिला तथा बालबालिका कार्यालय गोरखाकी प्रमुख सुशीला वाग्लेको नेतृत्वमा ६ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक एलिना गुरुङको नेतृत्वमा १४ जना सुरक्षाकर्मी खटिएका छन्।

‘महिलाले मात्र मतदान केन्द्रको जिम्मा पाएको जिल्लामा नै यो एक मात्र हो’ अधिकृत सुशिला वाग्लेले भनिन् ‘हामीले यो जिम्मेवारीलाई अवसर र चुनौती दुवै तवरले लिएका छौं हामी सहजै जिम्मेवारी पूरा गर्नेछौं।’ उक्त केन्द्रमा आठसय नौ जना मतदाता रहेको वाग्लेले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.