|

गोरखा : गोरखामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेपाल कम्युनिस्ट पार्टी) ले आह्वान गरेको बन्दको प्रभाव परेको छ। शनिबार बिहानैदेखि सार्वजनिक सवारीसाधनहरु नचलेका बजार पसलसमेत बन्द रहेका कारण बन्दको पूर्ण प्रभाव परेको हो।

लामो दूरीका सार्वजनिक सवारीसाधनहरु नचलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न ग्रामीण भेगमा जाने सवारीसाधनहरु प्रहरीको सुरक्षामा छिटफुट मात्र चलेका हुन्। 

गोरखाको सडकमा नगन्य रुपमा मोटरसाइकलहरु मात्र चलेका छन्। बजारका पसलहरु पूर्ण रुपमा बन्द छन्। निर्वाचनको विरोध गर्दै विप्लव नेतृत्वको माओवादीले चुनावी गतिविधिलाई प्रभाव पार्ने गरी बन्द गरेको जनाएको छ। सडकमा भने कतै पनि बन्दकर्ता देखिँदैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.