जनप्रतिनिधिहरूले जनताको भावना बुझ्न सक्छन्

|

काठमाडौँ: दुई दशकपछि स्थानीय तहको निर्वाचन हुँदै छ, त्यसमा पनि नयाँ परिवेशबाट हुन लागेको यस निर्वाचनमा म एउटा नागरिकको हैसियतले मात्रै नभई निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था (नेपाल उद्योग वाणिज्य महासंघ)को अध्यक्षको हैसियतले निकै खुसी छ। म मात्रै खुसी छैन, आज सम्पूर्ण निजी क्षेत्र उत्साहित छ। हामीलाई थाहा छ, दुई दशकदेखि स्थानीय तहमा नेतृत्व नहुँदा अराजकता बढेको छ। स्थानीय तह नभएको कारण हाम्रा उद्योगी व्यवसायीले निकै हैरानी खेपिरहेका छन्। देशमा नेतृत्व विकाससमेत हुन नसकेको याथार्थ छ।

अहिले हामीले जेजस्ता समस्या भोगिरहेका छौँ, त्यो स्थानीयस्तरमा नेतृत्व नभएकै कारण हो। त्यसै कारणले विकासको गति पनि अघि बढ्न सकेको छैन। स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै अब विकासको गति पनि अघि बढ्नेछ।

जुनसकै क्षेत्रको विकासको लागि पनि लगानी अपरिहार्य हो। अब जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको भावना पनि बुझ्न सक्छन्

कुनै पनि लगानीकर्ताले जनताको पूर्ण भावना बुझ्न सक्दैनन् र जरुरी पनि देख्दैनन्। तर जुनसकै क्षेत्रको विकासको लागि पनि लगानी अपरिहार्य हो। अब जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको भावना पनि बुझ्न सक्छन् र लगानीको आवश्‍यकता पनि बुझ्नेछन्। अब लगानीकर्तालाई पर्ने समस्या, लगानी गर्नको लागि पर्ने समस्या, त्यहाँको जनप्रतिनिधिको समस्या पनि कम हुनेछ, जनताको समस्या पनि कम हुनेछ। अहिले जनताको बुझाइमा लगानीकर्ताले ठगेर कमाएको भन्ने परेको छ र लगानीकर्ताप्रति नै धारणा नकारात्मक देखिन्छ। तर मलाई लाग्छ, स्थानीय जनप्रतिनिधि आएपछि यो धारणामा परिवर्तन हुनेछ। स्थानीय विकासमा देखिने गरेका समस्या हट्नेछन्।

मतदान गर्न आतुर छु

नेपाल उद्योग वाणिज्य महासंघले एकै पटक देशैभर चुनाव चाहन्थ्यो। तर, त्यो हाम्रो चाहनाअनुसार हुने कुरा भएन। देशको प्ररिस्थिति पनि एक पटक चुनाव गर्न सक्ने भएन। एक पटक गर्ने नाममा पछि सार्दै गएको भए विभिन्न किसिमका शंकाहरू जन्मन्थे। त्यसैले जे भयो, ठीक भयो जस्तो लाग्छ।

मैले भने दोस्रो चरणमा मात्रै मतदान गर्न पाउनेछु। मैले नेपागञ्जबाट जेठ ३१ मा दोस्रो चरणको निर्वाचनमा भोट हाल्दै छु।

मेरो सवालमा भन्ने हो भने म मतदान गर्न आतुर छु। तर, मैले भने दोस्रो चरणमा मात्रै मतदान गर्न पाउनेछु। मैले नेपागञ्जबाट जेठ ३१ मा दोस्रो चरणको निर्वाचनमा भोट हाल्दै छु। मतदान गर्न योग्य भएसँगै कुनै पनि निर्वाचनमा मैले मतदान गर्न छुटाएकी छैन। मतदान गर्नु नागरिकको दायित्व पनि हो जस्तो लाग्छ। यहीँबाट सुरु हुन्छ विकासको चक्र।

(भागवत भट्टराईसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.