|

एजेन्सी : पछिल्लो सर्वेक्षण अनुसार बेलायतमा औसत रुपमा १८ वर्षको उमेरमा  युवतीहरुले कुमारीत्व गुमाउँछन्। धेरै टिनएजरजस्तै एड्रियन्‍ना विम्बी पनि आफ्ना ब्वाईफ्रेन्डसँग यौनसम्पर्क राख्‍न स्वतन्त्र थिइन्।

तर १८ वर्षको उमेरमा उनले  अन्य टिनएजरले अरुले जस्तो बाटो पछ्याइनन्। उनले सेक्सको निर्णय समय आएपछि मात्रै लिने संकल्प गरिन्। अहिले यी टिनएजर २६ वर्षकी भइन्। अझै उनको प्रतिबद्धता टुटेको छैन्। चर्चित बेलायती अनलाईन 'द सन डट को डट युके' ले हेयर ड्रेसर एड्रियन्नाका विषयमा लेखेको छ।

आफ्नो मनखाने पूरुष नभेटेसम्म यौनसम्पर्क नराख्ने निर्णयप्रति एड्रियन्‍नालाई कुनै पछुतो छैन्। उनलाई अचम्म त त्यतिबेला लाग्छ जतिबेला उनी कुमारी नै छिन् भनेर पत्याउन अरु तयार हुँदैनन्।

२६ वर्षकी एड्रियन्ना भन्छिन्,'जब म मानिसहरुसँग भेट्छु। त्यसपछि उनीहरु मेरो प्रस्तुती देखेर यो पत्याउन तयार हुन्‍नन् कि म भर्जिन छु।

'म आकर्षक छु। पूरुषहरुसँग सहज रुपमा कुराकानी गर्छु। उनीहरु आकर्षित हुन्छन्। त्यसपछि मैले मेरो संकल्प सुनाउँदा पनि उनीहरु पत्याउन तयार हुन्नन्,' उनले थपिन्।

उनको उद्देश्य आफुले विवाह गर्ने पुरुषसँग मात्रै यौनसम्पर्क राख्ने हो। 'म हाइस्कुल पढ्दा कसैसँग सम्बन्धमा थिएँ। तर कुनै मेरो प्रेमीले यौनसम्पकर्का लागि प्रस्ताव राख्यो। मैले उनको प्रस्ताव लत्याएकै कारण हाम्रो ब्रेकअप भयो।'

यदी म आफ्नो भर्जिनिटी गुमाउन चाहन्थे भने १४ वर्षकै उमेरमा धेरै केटाहरुसँग यौनसम्पर्क राख्न सक्थें,' उनी भन्छिन्,' जब मैले आफ्नो मन छुने व्यक्ति भेट्छु। त्यसपछि यस्तो सम्बन्ध कायम हुनसक्छ।  अन्थया धेरैसँग यौनसम्बन्ध राख्नु मलाई राम्रो लाग्दैन।'

धर्मका कारण प्रभावित भएर यस्तो निर्णय नलिएको एड्रियन्नाले बताइन्। आफ्नो कथा सबैलाई सुनाउनुको उद्देश्य यसबाट अरु टिनएजरले सिकून् भन्ने उनको उद्देश्य हो। 'यसरी प्रतिक्षा गरेर उनीहरु आफैंले आफ्नो मन दुखाउनबाट बच्न सक्छन्,' टिनएजरलाई सुझाव दिदैं उनले भनिन्।

 छोरीको विचारबाट उनको परिवार निकै खुसी छ। अनि त्यसको भए के यस्तो निर्णय पालना गर्न सहज छ?

म यो भन्दिन कि सहज छ। यदी तपाईसँग प्रेमी छ भने पक्कै पनि तपाईमा अपिल हुन्छ। त्यस्तो अवस्थामा आफैंलाई नियन्त्रण गर्न गाह्रो हुन्छ।'

'यदी तपाई १५ वर्षको हुनुहुन्छ भने हतार गर्नुपर्ने कारण छैन्। बरु समय लिनुहोस् र सोच्नुहोस्। तपाईको प्रेमी-प्रेमिका तपाईसँगको सम्बन्धमा साँच्चै प्रतिबद्ध छन् या उनीहरु शारिरीक सम्बन्ध मात्रै चाहन्छन्,' एड्रियन्‍नाले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.