|

काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ३ स्थित मेथिनकोटमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। निर्वाचनको सुरक्षामा खटिएका प्रहरीले प्रहार गरेको गोली लागेर स्थानीय २८ वर्षीय युवा नवराज पाठक घाइते भएका छन्। 

उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। घाइतेको अवस्था चिन्ताजनक रहेको स्थानीय राजकुमार मैनालीले जानकारी दिए।

गोली चलेपछि अहिले मेथिनकोटवासीहरु विरोधमा उत्रिएका छन्। प्रहरीले सुरक्षाव्यवस्था कडा पारेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र नयाँ शक्तिले पाठक आफ्नो पार्टीको कार्यकर्ता रहेको दाबी गरेका छन्। तीनवटै पार्टीले घटनाको घोर भत्सर्ना गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.