|

हेटौंडा : पछिल्लो स्थानीय निर्वाचन हुँदा हेटौंडा–२ का चिरञ्जीवी आचार्य ८२ औं वसन्त वसन्त पार गर्दै थिए। हाल उनी उमेरले एकसय वर्ष नाघिसकेका छन्। पछिल्लो स्थानीय निर्वाचन २०५४ मा भएको थियो। त्यसयता आज आइतबार पहिलो चरणमा मकवानपुरमा निर्वाचन हुँदै छ। जसले गर्दा आचार्य निकै खुसी देखिन्छन्।

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका चिनञ्जीवीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भने, ‘चुनावका दिनसम्म त कसो नबाचुला? पनातिको हात समातेर भोट हाल्न जान्छु।’ करिब दुई दशकदेखि हुन लागेको स्थानीय निर्वाचनले उनी उत्साही देखिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.