|

चितवन : २ दशकदेखिको प्रतिक्षाको घडी समाप्त भएको छ। लामो समयदेखि स्थानिय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आइतबार निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । विहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आईपुगे मतदाता।

बिहान ४ बजेदेखि नै मतदाताहरु लाईनमा बसे। भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाईनको अगाडि बसेकी छन्। ‘पहिला तीन बजे आ थें, यसपाली ४ बजे, उनले भनिन्, शितलमा दिउँ भनेर।’

यो चुनाव महत्वपूर्ण अवसर भएकाले छुटाउन नहुने तर्क उनको छ। अर्का मतदाता बाबुराम श्रेष्ठ पनि बिहान ४ बजेदेखि लाइनमै छन्। ‘धेरै बर्षपछि आएको चुनाव भोट त हाल्नै पर्यो नी, श्रेष्ठले भने, म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु।’

उनीजस्तै यहाँ भोट हाल्ने सयौ मतदानाको लाइन लामो भइसकेको छ। यो ऐतिहासिक अबसर गुमाउन चाहँदैनन् भन्नेकुरा आज चितवनको भरतपुरस्थित नारायणी नमूना उच्च माविमाको मतदान केन्द्रमा भोटहाल्न सहभागि भएका मतदाताहरुबाट देखिन्थ्यो।

बाँकी हेर्नुस् फोटोमा

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.