|

काठमाडौं: काठमाडौं महानगरापालिकाको प्रमुखको लागि विभिन्न दल र स्वतन्‍त्र गरी २८ जनाले उम्मेदवारी दिएकोमा अधिकांशले मतदान गरेका छन्। १५ जना उम्मेदवार स्वतन्त्र दलको हैसियतले उम्मेदवारी दिएकोमा प्रमुख दलका उम्मेदवारहरुले भने मतदान गरिसकेका छन्।

नेपाली कांग्रेसको तर्फबाट प्रमुख उम्मेदवार राजुराज जोशीले याट्खा टोलबाट मतदान गरेका छन्। उनले आफ्ना बुबालाई ह्‍वील चियरमा गुडाउँदै मनदानस्थलसम्म पुगेका थिए। त्यस्तै, नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार लगन टोलस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।

माओवादी केन्द्रको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार सर्वोत्तम डंगोलले पनि मतदान गरिसकेका छन्। उनले काठमाडौं कालिमाटीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

साझा पार्टीका किशोर थापाले बल्खु परीक्षा नियन्त्रण कार्यालयको मतदान केन्द्रबाट बिहानै मतदान गरिसकेका छन्। नयाँ शक्ति र संघीय समाजवादी पार्टीको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका पवित्र बज्राचार्यले पनि मतदान गरेका छन्।

उनले दलको हैसियतमा चुनाव क्यामेरा चुनाव चिह्न पाएका थिए। नयाँ शक्ति तथा संघीय समाजवादी फोरमका तर्फबाट पवित्र बज्राचार्यले मतदान गरिसकेका छन्। उनले  वसन्तपुरबाट मतदान गरेका हुन्। विवेकशील दलबाट स्वतन्त्र दलको हैसियतले चुनाव चिन्ह पाएकी रन्जुदर्शनाले मतदान गरेकी थिइन्। उनले महानगरपालिकाको वडा नम्बर ३ को मतदान केन्द्र मतदान गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.