|

काठमाडौँ: स्थानीय तहको पहिलो चरणको निर्वाचन आज भइरहँदा काठमाडौँका अधिकांश मतदान केन्द्रमा रातो टी-सर्टधारीहरू देखिएका छन्। यस्तै रातो टी-सर्ट लगाएका एक हुल युवा काठमाडौँ महानगरपालिका- ३० स्थित मैतिदेवी मन्दिर परिसरमा देखिए। 

सोही मतदान केन्द्रका मतदाता स्वास्थ्यमन्त्री तथा कांग्रेस युवा नेता गगनकुमार थापा बिहान साढे १० बजे मतदान गरेर फर्किँदा तिनै रातो टी-सर्टधारीले नाराबाजी गरे। स्पष्ट पहिचान नखुलेका र कुनै राजनीतिक दलको एजेण्टसमेत नभएका एक हुलियाका ती युवाले मतदान गर्न आएका थापालाई देखेर हुटिङ पनि गरे। 

थापाले सञ्चारकर्मीसँग प्रतिक्रिया (अभिव्यक्ति) दिनु निर्वाचन आचारसंहिताविपरीत भन्दै उनीहरूले निर्वाचन आयोगविरुद्ध पनि नारा लगाए। त्यतिले मात्र पुगेन, रातो टी-सर्टधारीले सञ्चारकर्मीले मोवाइलबाट मतदानस्थलको फोटो खिचेको र मोबाइल बोकेर भित्र जान दिएको भन्दै विरोध पनि जनाए। टी-सर्टधारीले आफूहरूलाई पनि मोबाइल बोकेर पत्रकारको झैँ फोटो खिच्न माग गरे पनि सुरक्षाकर्मीले रोकेका थिए। 

मन्त्री थापाले निर्वाचनस्थल वरपर गरेको भेटघाट, अभिवादन र सामूहिक फोटो लिएको घटनालाई समेत रातो टी-सर्टधारीले आपत्ति जनाइरहेका थिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.