|

गोरखा: गोरखा नगरपालिका– ११ का १०४ वर्षका नन्दबहादुर पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। 

चन्द्रोदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट पौडेलले मतदान गरेका हुन्। पौडेलले सबैभन्दा पहिले मतदान गरेको मतदान अधिकृत सुवासचन्द्र आचार्यले जानकारी दिए।

सबैभन्दा पहिलो मतदान वि. सं. २०१५ को निर्वाचनमा गरेको बताउने उनले भोट हालेर जिताएपछि नेताहरूले वृद्धवृद्धालाई बिर्सने गरेको गुनासो गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.