|

बेसीसहर : करिब २ दशकपछि भएको स्थानीय तहको  निर्वाचनमा लमजुङमा शान्तपूर्ण वातावरणमा सम्पन्न भएको छ। आफ्नो जनप्रतिनिधि आफंै चुन्न पाउने भएपछि मतदाताहरु निकै उत्साहित भएर मतदान गरेका थिए।  जिल्ला निर्वाचन कार्यालय लमजुङ निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाका अनुसार लमजुङमा ७५ प्रतिशत मत खसेको छ।

८ वटा स्थानीय तह रहेको लमजुङमा १ सय ५५ मतदान केन्द्र रहेको छ। सबै मतदानकेन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सकिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले बताए।

क्रियापुत्रीले समेत मतदान गरे

लमजुङमा क्रियापुत्रीले समेत मतदान गरेका छन्। लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अन्तर्गत लक्ष्मी नारायण मावि अर्चलबोटको मतदान केन्द्रबाट ५७ वर्षीय गोपाल लामिछाने, उनका माहिला भाइ ५५ वर्षीय एकराज लामिछाने, गोपालका श्रीमती शोभा लामिछाने र कान्छा भाइबुहारी शान्ता लामिछाने मतदान केन्द्रमा आई आइतबार दिउँसो मतदान गरेका हुन्।

आमा मानकुमारी लामिछानेको निधन पश्चात ११ दिनका क्रियापुत्री गोपालले लामो समयको अन्तरालपश्चात भएको स्थानीय तहको निर्वाचनमा  योग्य र सक्षम व्यक्ति चुन्न आफ्नो एक भोटले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले गोप्य मतका मतदान गर्न आएको बताए। ‘आफ्नो गाउँमा जनप्रतिनिध आफैं चुन्न पाउँदा हामी निकै खुसी छौं, उनका स परिवारको एउटै आवाज थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.