|

कास्की : स्थानीय तहको निर्वाचनमा कास्की जिल्लामा ७३ देखि ७५ प्रतिशतसम्म मत खसेको छ। 

जिल्लामा उत्साहपूर्वक मतदान भएको र प्रारम्भिक तथ्याङअनुसार ७३ देखि ७५ प्रतिशतसम्म मत खसेको पश्चिमाञ्चल निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुवेदीले बताए। पोखरा लेखनाथ महानगरपालिकामा ७५ प्रतिशतभन्दा बढी मत खसेको उनले जानकारी दिए।

उनले शनिबारसम्म करिब ८५ प्रतिशत मतदाताले परिचयपत्र लगेको बताए। कास्कीमा मतदानका लागि १५० मतदान स्थलमा २८८ मतदान केन्द्र तोकिएको थियो।

जिल्ला भर कुल २ लाख २४ हजा र पोखरा लेखनाथ महानगरमा मात्रै  १ लाख ६८ हजार मतदाता रहेका छन्। पोखरा लेखनाथ महानगरका ३३ वटै वडाको मतगणना नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ । सबै मतदान स्थलबाट मतपेटिका मतगणनास्थलमा पुर्‍याउने  पुर्‍याउने तथा गाउँपालिकाको हकमा सम्बन्धित गाउँपालिकामै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा जेष्ठ नागरिक, अशक्त र किरियापुत्रीले समेत मतखसालेका छन्। 

त्यसैगरी रुपा गाउँपालिकामा ७३ प्रतिशत , अन्नपूर्ण गाउँपालिकामा ७७ प्रतिशत , मादी गाउँपालिकामा ७३ प्रतिशत र माछापुछ्रे गाउँपालिका ७३ प्रतिशत मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय कास्कीका अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाको कुन वडामा कति खत खस्यो ?

वडा नम्बर १ : २४५९

वडा नम्बर २ :१७४६

वडा नम्बर ३ : २००७

वडा नम्बर ४ : १६२५

वडा नम्बर ५ : ३३०८

वडा नम्बर ६ : ३२३६

वडा नम्बर ७ : २८६४

वडा नम्बर ८ : ४०२२

वडा नम्बर  ९ : २९६४

वडा नम्बर १० : ३३१०

वडा नम्बर ११:  ४३५०

वडा नम्बर १२ : २६१२

वडा नम्बर १३ : ५२८५

वडा नम्बर १४ : ४६८२

वडा नम्बर १५ :४९९४

वडा नम्बर १६ : ६६४३

वडा नम्बर १७ : ५८२८

वडा नम्बर १८ : ३३३४

वडा नम्बर १९ : ५१२६

वडा नम्बर २० : २५०५

वडा नम्बर २१ : ४८२९

वडा नम्बर २२ : ३८१४

वडा नम्बर २३ : २७२०

वडा नम्बर २४ : ३४८७

वडा नम्बर २५ : ४६५६

वडा नम्बर २६ : ४७८६

वडा नम्बर २७ : ३९०६

वडा नम्बर २८ : ३३४५

वडा नम्बर २९ : ३४५१

वडा नम्बर ३० : ४७४३

वडा नम्बर ३१ : ३९२१

वडा नम्बर ३२ : ४५८५

वडा नम्बर ३३ : ५२७८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.