|

एजेन्सी : अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी,एपी र सिनुवाका फोटोपत्रकारहरुले खिचेका यी १० फोटोको कभरेज पछिल्ला २४ घण्टाभित्र विश्‍वका थुप्रै सञ्चारमाध्यमले गरे। 

पोर्चुगलको लिग फुटबलको उपाधि जितेपछि बेनफिका क्लबका खेलाडीहरु खुसीयाली मनाउँदै। बेनफिकाले लिग जित्ने क्रममा आज भएको खेलमा भिक्टोरियालाई  ५-० ले हरायो। ३३ खेलबाट ८१ अंक बटुल्दै बेनफिकाले उपाधि पक्का गरेको हो। लिगमा दोस्रो स्थानमा रहेको पोर्टोले अब सबै खेल जितेपनि बेनफिकालाई भेट्याउन सक्ने छैन। यो फोटो अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका लागि जोसे म्यानुयल रिबेरोले खिचेका हुन्।

'चाइना डिप्लोमेसी' क्याम्पसन दिइएको यो फोटो एएफपीका ग्रेग बेकरले खिचेका हुन् बेइजिङस्थित चाइना नेशनल कन्भेन्सन सेन्टरमा । बेल्ट एन्ड रोड फोरमको उद्‍घाटनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहेको क्षणलाई स्क्रिन डिस्प्ले गरिएको छ। स्क्रिन डिस्प्लेलाई एक व्यक्तिले मोबाइलमा कैद गर्न खोजेका छन्। चीनले आफ्नो विश्वव्यापी व्यापारिक पूर्वाधार योजनाको प्रवर्द्धन गर्न आयोजना गरेको यो सम्मेलनको चर्चा उत्तर कोरियाको मिसाइल परीक्षणका कारण छायाँमा पर्‍यो।

बेलायतका राजकुमार ह्यारी डुचेस अफ क्याम्ब्रिजसँग गफिंदै। बुकिङह्याम दरबारमा उनीहरुले युद्धमा मारिएका सैनिकहरुका बालबच्चालाई सहयोग गर्नका लागि स्पेशल पार्टी आयोजना गरेका थिए। यो फोटो एन्ड्रियू पार्सन्सले खिचेका हुन्।

इरानको राष्ट्रपति चुनावका उम्मेदवार रहेका तेहरानका मेयर महोमद्द बग्हरको चुनावी र्‍याली। यो फोटो एएफपीका लागि अट्टा केनारेले खिचेका हुन्।

मियामी बीचमा शनिबार भएको 'बेइवाच' को अमेरिकी प्रिमियरका दौरान मोडल चार्लोट्टी म्याककिन्नी। यो फोटो एपीका लागि ओम भेगाले खिचेका हुन्।

शपथ ग्रहणअघि फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुयल माकरोन (बायाँ) राष्ट्रपति फ्रान्सिस्को ओलान्डेसँग हात मिलाउँदै। फ्रान्सका ३९ वर्षीया राष्ट्रपति माकरोनले  शनिबार शपथ लिएका छन्। यो फोटो एपीका लागि प्याट्रिक कोभारिकले खिचेका हुन्।

माकरोनको शपथ ग्रहण समारोहमा सहभागि भएपछि विदा हुँदै निर्वतमान राष्ट्रपति फ्रान्सिस्को ओलान्डे। यो फोटो सिनुवाका लागि चेन यीचेनले खिचेका हुन्।

क्यानेडाको टोरेन्टोमा जुम्ल्याहा दिदीबहिनी '२०१७ कलर मि राड ५के रन इभेन्ट' का दौरान पोज दिदैं। यस वार्षिक इभेन्टमा शनिबार धेरैले सहभागिता जनाए। यो फोटो सिनुवाका लागि झोउ झेङले खिचेका हुन्।  

वान बेल्ट एन्ड रोड फोरमका दौरान चिनियाँ राष्ट्रपतिसँगै ब्रेकफास्ट लिदैं रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। यो फोटो एपीका लागि एलेक्सिइ निकोल्स्कीले खिचेका हुन्।

भेनेजुयलामा राष्ट्रपति निकोलास माडुरोको विरोधमा भएको प्रदर्शनबाट जोगिने क्रममा एक्कासी स्टार्ट गर्दा आगलागिमा परेको सार्वजनिक बस। गत मार्चयता हरेक दिन भेनेजुयलामा सरकार विरोधी प्रदर्शन भइरहेको छ। यो फोटो फर्नान्डो ल्लानोले एपीका लागि खिचेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.