|

काठमाडौ : स्थानीय तह अन्तर्गत पहिलो चरणमा आइतबार भएको मतदानको गतगणना केही स्थानमा आइतबार राति नै सुरु भएको छ।

त्यसअनुसार प्राय सबैतिर मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै देखिएको छ।

ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनको १९३, एमालेका हरिकृष्ण व्यञ्जनकारको १६४, माओवादी केन्द्रका दिनेश महर्जनको ६१ मत आएको छ।

काठमाडौंको शंखरापुर नगरपालिकामा प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका सुवर्ण श्रेष्ठले १८७ मत, माओवादी केन्द्रका कृष्णराज सुवेदीले १३८ तथा कांग्रेसका शंकर तिवारीले ७३ मत ल्याएका छन्।

काठमाडौंको चन्द्रागिरीमा कांग्रेले अग्रता लिएको छ। त्यहाँ कांग्रेसको १५३ भोट आउँदा एमालेले ७२ भोट ल्याएको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा थोरै मत गन्दा एमालेले अग्रता लिएको छ। त्यहाँ कांग्रेस प्रमुका उम्मेदवारको मत ६५ आउँदा एमालेको १२० आएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकामा र रुकुमकी मुसिकोट नगरपालिकामाले कांग्रेसले अग्रता लिएको छ। रुकुममा माओवादी केन्द्र पनि तीब्र प्रतिस्पर्धामा छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.