|

काठमाडौँ: नेपाली फिल्म तथा रंगकर्ममा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तहको निर्वाचनमा मतदान गर्न आफ्नो गृह जिल्ला तनहुँ पुगेका परियारको आइतबार साँझ ५ बजे हत्या भएको प्रहरीले जानकारी दिएको छ।

तनहुँको व्यास नगरपालिका वडा नं: १ तल्लो भादगाउँमा भोट हालेर घुम्न निस्कँदा अज्ञात समूहले ढुंगा प्रहार गरी परियारको हत्या गरेको हो। हत्याको कारण भने खुलेको छैन।

हाल परियारको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ। उनको हत्यामा संलग्न भएको आशंकामा दुई महिलालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

४४ वर्षका परियारको घरमा श्रीमती, १४ वर्षका छोरा र नौ वर्षकी छोरी छन्। फिल्म ‘बधशाला’मा अभिनय गरेका परियार रेडियो नाटकमा पनि उत्तिकै सक्रिय थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.