|

कालिकोट: जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.– १ को मतगणना सुरु भएको छ। 

अहिलेसम्म्मको मतगणनाअनुसार नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाका मेयरका उम्मेदवार पदमबहादुर शाहीले ४१, उपमेयर राजकौरा शाहीले ४१, वडा अध्यक्षका उम्मेदवार गणेशबहादुर शाहीले ३६ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार जसीप्रसाद पाण्डेले ६१, उपमेयर विजया विष्टले ६३, वडा अध्यक्षका उम्मेदवार धर्म ताम्राकारले ५९ मत प्राप्त गरेका छन्।

माओवादी केन्द्रका मेयरका उम्मेदवार लक्ष्मीप्रसाद चौलागार्इंले ६ र उपमेयर गंगा खड्काले १८ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.