|

कालिकोट: रास्कोट नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार दानबहादुर बम ४४९ मत ल्याएर अग्रस्थानमा छन् भने माओवादी केन्द्रका काशीचन्द्र बराल २५९ मत ल्याएर दोस्रो स्थानमा छन्।

यसैगरी नेकपा एमालेका मणिराज बरालले १५७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

उपमेयरका लागि नेकपा माओवादी केन्द्रबाट मिमसरा बम शाहीले ४३१ मत ल्याएर शीर्षस्थानमा रहेकी छन् भने एमालेकी उम्मेदवार उमा शाही १८२ मतसहित दोस्रो स्थानमा रहेकी छन्।

यसैगरी राप्रपाकी हजा सुनार ११७ मत ल्याएर तेस्रो स्थानमा रहेकी छन्। रास्कोटमा कांग्रेस र राप्रपा समीकरण भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.