|

 नयाँदिल्ली : भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए।

मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमध्ये तीन जना एउटै बाबु आमाका सन्तान भएको बताइएको छ। भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ।

उनीहरुमध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुण्डिएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ। 'मृत्यु भएकाहरुको शव परीक्षणका लागि पठाइएको छ,' एक प्रहरी अधिकारीले भने। परीक्षाको नतिजा नराम्रो आएपछि यसरी आत्महत्या गर्ने घटना भारतमा यसअघि पनि हुने गरेको छ।

प्रदेशस्तरीय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाहरुले अतिधेरै दबाब दिने गरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीहरुले आत्महत्या गरेका हुन्। पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.