|

रूपन्देही: बन्दुक बोकेर सिकार खेल्न हिँडेका दुई जनालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ। नवलपरासीको सुनवलस्थित वनकट्टा जंगलमा सिकार खेल्न जाँदै गरेका सुनवलका ३८ वर्षका भागवीर पुन र उनका भान्जालाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो।

सिकार खेल्न जंगल जाँदै गर्दा बाटोमा दुर्घटनामा परेपछि उनीहरू सुनवल स्वास्थ्य चौकीको एम्बुलेन्समा बुटवलमा उपचारका लागि आएका थिए। उनीहरूको साथबाट १२ बोर बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.