|

जुम्ला : गुठीचौर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन्। उनले १ हजार ५९६ मत ल्याए। भण्डारी प्रदेश नं ६ अन्तर्गतमा विजयी हुने पहिलो अध्यक्ष हुन्।

खसेको ३ हजार ९६६ मतमध्ये १ हजार ५९६ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारी १ हजार ४६७ मत ल्याएर पराजित भए।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडील एक हजार ५८६ मत ल्याएर विजयी भइन्। उपाध्यक्षमा उनकी प्रतिद्वन्द्वी धनरुपा बुढाले १ हजार ३६५ मत ल्याएकी थिइन्। 

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन्। त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गरेको निर्वाचन अधिकृत बस्यालले बताए।

यसअघि माओवादी केन्द्रका डम्बर शाहीले कालीकोटको सान्‍नी त्रिवेणी गाउँपालिकामा विजय हासिल गरेका थिए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Shahi binaural janatale gareka xan yasama kasaile paxepat thannu Hudson.