सरकार परिवर्तनको कुरामा बाह्य शक्ति जोडिनु दु:खद्

|

सुर्खेत : नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनको विषयमा बाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु दुखद् भएको बताएका छन्। बिहीबार बिहान सुर्खेतमा भएको पत्रकार भेटघाटमा भट्टराईले सरकार परिवर्तनको खेलमा लागेका दलका नताले बाह्‍य शक्तिको भूमिकाबारे जनतालाई प्रष्ट पार्नुपर्ने बताए।

'सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्रको विषय हो। यसमा बाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दु:खद कुरा हो', भट्टराईले भने 'सम्बन्धित पक्षहरुले, सरकार बनाउन लागेका दल र नेताहरुले सत्यतथ्य जनतालाई सुसूचित गर्नुपर्छ।'

भट्टराईले आफूलाई पनि अराष्ट्रवादी आरोप लाग्ने गरेको बताउँदै त्यस्तो आरोप लगाउनेलाई 'निलवर्ण स्याल' को संज्ञा दिए। आफूलाई मात्रै राष्ट्रवादी भएको बताउने नेपालका नेताहरु पनि 'नीलवर्ण स्याल' भएको उनले बताए।

पत्रकारलाई उनले 'नीलवर्ण स्याल' को कथा सुनाए। उनले भने- हामीलाई अराष्ट्रवादीको आरोप लगाउनेहरु नीलवर्ण स्याल हुन्। निलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरुलाई दु:ख दिएको थियो। पछि अरु स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि बल्ल ऊ पनि स्याल भएको पत्ता लागेछ।'

'शासकीय प्रणाली फेर्नुपर्छ'

संसदीय व्यवस्थाले देशलाई समृद्ध बनाउन नसक्ने दावी गर्दै उनले पूर्ण समानुपातिक व्यवस्थापिका र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्ने बताए।

'देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्छ', भट्टराईले भने, 'यसका लागि संविधान संशोधन गर्न नयाँ शक्ति नेपालले अभियान चलाउने छ।'

उनले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल उद्धार र पुनःस्थापनको काममा लाग्न सरकारसँग आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • बाबुराम भट्टराई बुदिमानी र पढेलेखेको भनेर प्रससा गरे र गरियो बाबुराम मात्र हुन् नेपालका बुद्दिजिबि नेता उनले नै नेपाल लाई समब्रिधि बनाउन सक्छन पनि भनियो प्रचण्ड सर को त राज्य चलौनी भन्दा पाठ पढ़ौनी खुबी छ भनेर हेड मास्टर संग उनले नै तुलना गर्दथे मतलब सिदान्त नीति सबै बाराभको अनि त्यसलाई व्यख्या प्रचण्डको सबैको बुजाई त्ये नै थियो हुनपनि आखिर १० वर्ष जनयुद्द र ८ वर्ष युद्द समाहित आखिर भारतमै बिसर्जन हुने रहेछ त बिहारी ले नेपाली नागरिकता लिए जस्तै यहाहरुले बिहारको नागरिकता लियर भारतमै राजनीति गरेर उतैको चिन्तन मनन गरेको भए आज हामीले १८ वर्ष पछिको नेपाल आज पाउनि रहेछौ तर भट्टराई भनेका अबसरबादी भारतीय बिस्तारबाद मा आश्रीत र र नेपाली शासक लाई पेन्डुलम बनाएर लालध्वोज पथ लाद्ने र जनतालाई हतियार बनाएर भारतीय मतियार बन्ने प्रस्ट देखियो र सबैले था पाउने नै छन् !!