|

जुम्ला: जुम्लाको गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन्। 

भण्डारी प्रदेश नं.- ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन्। भण्डारी खसेको कुल तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएकी छन्। उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरूपा बुढाले एक हजार ३६५ मत ल्याएकी थिइन्। 

गोठीचौर १, २ र ३ का वडा अध्यक्षमा क्रमशः नेकपा एमालेका गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन्। त्यसैगरी ४ र ५ नं. वडाका वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जीत हासिल गरेका निर्वाचन अधिकृत बस्यालले जानकारी दिए। उक्त गाउँपालिकामा कुल चार हजार ८२३ मतदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.