|

काठमाडौं : डोल्पाका २ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मुड्केचुला गाउँपालिकाको अध्यक्षमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमालेका  लंकबहादुर रोकाय उनीसँग केवल २ मतले पराजित भए।

मुड्केचुलाको उपाध्यक्ष पदमा एमालेकी सविना कुमारी रोकाय विजयी भइन्। उनले ९५९ मत ल्याइन्। जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादीका नरसिंह रोकाय ५५६ मत प्राप्त गर्दै विजयी भए। उपाध्यक्ष पदमा माओवादीकी अमृता लामा ५५३ मतसहित विजयी भइन्।

समग्रमा माओवादीले अहिलेसम्म ४ गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। यसअघि कालिकोटको सन्‍नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादीका डम्बर शाही र जुम्लाको गुठीचौर गाउँपालिकामा हरिबहादुर भण्डारी विजयी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.